मनाङका माननीयले संसदमा भाग लिन नपाउने

मनाङका माननीयले संसदमा भाग लिन नपाउने

नेपाली कांग्रेसका सांसद् टेकबहादुर गुरुङ्ग निलम्बित भएका छन् । मनाङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित उनलाई संघीय संसद् सचिवालयले निलम्बन गरेको हो । 

भ्रष्टाचार आरोपित उनको मुद्दा अझै विचाराधीन अवस्थामा रहेकाले पदः स्वत निलम्बन भएको सचिवालयले जनाएको छ । विशेष अदालतमा विचाराधीन रहेको गुरुङ्गको मुद्दा अन्तिम किनारा नलागेसम्म स्वतः निलम्बनमा रहने सचिवालयद्वारा आज जारी सूचनामा उल्लेख छ । 

सूचनामा भनिएको छ, ‘प्रतिनिधि सभा सदस्य टेकबहादुर गुरुङ्उपरको मुद्दा विशेष अदालतमा विचाराधीन अवस्थामा रहेकाले उक्त मुद्दा किनारा नभएसम्म स्वतः निलम्बनमा रहने कानुनी व्यवस्था कार्यान्वयन गर्न गराउन सम्बन्धित निकायमा लेखि पठाउने ।’ 

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ बमोजिम गत पुस ८ गतेदेखि गुरुङ्ग स्वतः निलम्बित भएको सचिवालयले जानकारी गराएको छ । उनीविरुद्ध २०७५ माघ २१ गते काठमाडौंको विशेष अदालतमा दायर भ्रष्टाचार मुद्दा विचाराधीन छ ।
 

टिप्पणीहरू