भोलिदेखि ‘ज्ञानको चिहान’ देखाइने
‘ज्ञानको चिहान’ नाटक भोलिदेखि रंगमञ्चमा प्रदर्शन हुने भएको छ । पञ्चा सिंहको परिकल्पना र संगीत सापकोटाको निर्देशनमा बनेको नाटक भोलिदेखि प्रस्तुत गर्न लागिएको हो ।
अनेरास्ववियू (क्रान्तिकारी) केन्द्रीय समिति, शैक्षिक विभागको सहकार्यमा मञ्चन हुन लागेको नाटकको लेखन पूर्णबहादुर गन्धर्व, नरेश रेग्मी, आशिष घिमिरेले गरेका हुन् ।
नेपाल मातृ गृहले नाटकलाई समर्थन गरेको छ । शिल्पी नाटकघर, बत्तीसपुतलीमा भोलि बेलुकी ५ बजेबाट नाटक मञ्चन हुँदैछ ।
शनिबार दिँउसो १ बजेबाट नाटक सुचारु हुनेछ भने मंगलबारबाहेक आगामी पुस ३० गतेसम्म नाटक निरन्तर देखाइने छ ।
नाटक हेर्न अनलाइन बुकिङ्ग गर्न सकिने जानकारी दिइएको छ । अन्यथा ०१–४४६५६२१ र ९८४८०३२०६५ मा सम्पर्क गरेर टिकट बुकिङ्ग गर्न सकिने आयोजकले विकल्प पनि दिएको छ ।
टिप्पणीहरू