सेनाको प्रवक्ताबाट नारायण सिलवाल हटाइए
नेपाली सेनाको प्रवक्तामा सहायक रथी कृष्णप्रसाद भण्डारी तोकिएका छन् । सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयमा काम गरिसकेका भण्डारीलाई भोलिदेखि जिम्मेवारी सम्हाल्ने गरि प्रवक्तामा नियुक्त गरिएको बताइएको छ ।
यसअघि सहायक रथी भण्डारी झापास्थित २१ नम्बर बाहिनीमा कार्यरत थिए । आजसम्मका प्रवक्ता तथा सहायक रथी नारायण सिलवाल मुख्यालयकै अर्को विभागमा सरुवा भएका छन् ।
सिलवाललाई उक्त जिम्मेवारी दिएपछिको अवधिमा नेपाली सेना र सञ्चारकर्मीहरुबीच कायम रहेको सम्बन्धमा केही असहजता उत्पन्न भएको थियो । सिलवालको व्यक्तिगत व्यवहार र प्रवृत्तिका कारण सुरक्षा मामिलामा कलम चलाउने सञ्चारकर्मीहरु रुष्ट भएका हुन् ।
टिप्पणीहरू