अर्थमन्त्रीसँग भेट गर्नेमा पहिले व्यापारी, पछि भारतीय राजदूत

अर्थमन्त्रीसँग भेट गर्नेमा पहिले व्यापारी, पछि भारतीय राजदूत

नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग आज उद्योगी तथा व्यापारी र भारतीय राजदूतले भेटवार्ता गरेका छन् । उनीहरुले सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री पौडेललाई बधाई र शुभकामना दिँदै आफ्ना कुरा राखेको बताइन्छ । 

दिउँसो १ बजेखि झण्डै पौने २ बजेसम्म उद्योग वाणिज्य महासंघको टोली त्यहाँ पुगको थियो । टोलीमा अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाललगायत झण्डै एक दर्जन सदस्य थिए ।

त्यसपछि साढे २ बजेको हाराहारीमा मन्त्री पौडेलसँग भेटवार्ता गर्न नेपालका लागि भारतीय राजदूत पुग्नुभएको हो । राजदूत नवीन श्रीवास्तवले मन्त्रीलाई बधाई दिँदै आधा घण्टा कुराकानी गर्नुभएको मन्त्रालय स्रोतले बताएको छ ।

यसअघि आजै मध्यान्ह राजदूत श्रीवास्तवले बालुवाटार पुगेर निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएको थियो ।

टिप्पणीहरू