गण्डकीमा पनि अधिवेशन डाकियो

गण्डकीमा पनि अधिवेशन डाकियो

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदनको संयुक्त अधिवेशन आह्वान गरेकै दिन गण्डकी प्रदेशसभाको पनि अधिवेशन डाकिएको छ । 

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आगामी पुस १८ गते सोमबार दिउँसो ३ बजे बस्नेगरी अधिवेशन आह्वान गर्नुभएको हो । अधिवेशन प्रदेशसभा भवन, नदीपुरमा बस्ने छ । 

‘गण्डकी प्रदेशका प्रदेशप्रमुख पृथ्वीमान गुरुङद्धारा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभाको अधिवेशन सम्बत् २०७९ पौष १८ गते सोमबार दिउँसो ३ बजेदेखि प्रदेशसभा भवन, नदीपुरमा आरम्भ हुने गरी आह्वान गरिएको सबैलाई जानकारी गराइन्छ,’ प्रदेशसभा सचिवालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

टिप्पणीहरू