उत्तरको नाका खुल्ने बितिक्कै आधा करोडको निर्यात

लामो समयदेखि अवरुद्ध चिनियाँ नाका खुल्ने बितिक्कै चीनतर्फ सामान निर्यात हुन थालेको छ । चीनले कोभिड–१९ महामारी शुरु भएयता पहिलो पटक नेपाली वस्तु निर्यातको लागि नाका खुल्ला गरेको छ ।

हिजोदेखि रसुवागढी नाका खुला भएको छ । नाका खुलेको पहिलो दिन नेपालबाट ५० लाख ७० हजार रुपैयाँ बराबरको सामान निर्यात भएको बताइएको छ ।

नेपालबाट चीनतर्फ विशेषगरी बाँसका मुढा, तामाका भाँडालगायत वस्तु निर्यात भएको रसुवा भन्सार कार्यालयले जनाएको छ ।

टिप्पणीहरू