सरकारमा जानेबारे जसपा अझै अनिर्णित

सरकारमा जानेबारे जसपा अझै अनिर्णित

जनता समाजवादी पार्टी (जसपा) नेपालले नयाँ सरकारमा सहभागिता जनाउने सम्बन्धमा अझै निर्णय गर्न सकेको छैन । 

उसले पुष्पकमल दाहाल नेतृत्वको सरकारमा जाने या नजाने विषयको टुंगो बैठकबाट गर्ने जनाएको छ । सोही विषयमा आवश्यक निर्णय गर्न पार्टीको राजनीतिक समितिको बैठक पुस १८ र १९ गतेका लागि बोलाएको जानकारी दिएको छ ।

यसैबीच जसपाले भोलि संसदीय दलको नेता चयन गर्ने चुनावी तालिका सार्वजनिक गरेको छ ।

टिप्पणीहरू