प्रधानमन्त्री दाहालले भन्नुभयो ‘पहिलो विदेश भ्रमण भारतमा हुन्छ’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पहिलो विदेश भ्रमण भारतबाटै हुने जानकारी दिनुभएको छ । हिजो शपथग्रहण गर्नुभएको र ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था नसकिँदै उहाँले भारत जाने कुरो सार्वजनिक गर्नुभएको हो ।
उहाँले भारतीय न्युज च्यानल एबिपीसँगको अन्तर्वार्तामा उक्त जानकारी दिनुभएको हो । उहाँले भन्नुभएको छ, ‘हिजोमात्र भारतीय विदेश सचिव विनयमोहन क्वात्रासँग कुराकानी भएको छ । त्यसैले आफ्नो पहिलो विदेश भ्रमण भारतबाटै हुन्छ ।’
दाहालको प्रधानमन्त्रीमा नियुक्तिलगत्तै आइतबार साँझ छिमेकी चीनले बधाई दिएको थियो । त्यसपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरबाट उहाँलाई बधाई दिनुभयो ।
टिप्पणीहरू