अमेरिकाबाट फर्केका युक्रेनी राष्ट्रपतिसँग भारतीय प्रधानमन्त्रीको बातचित
अमेरिकाको आकस्मिक भ्रमणपछि स्वदेश फर्केका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भारतीय प्रधानमन्त्रीको टेलिफोन वार्ता भएको छ । झण्डै ११ महिनादेखि जारी रुस–युक्रेन युद्धमा भारतले मानवीय सहायता उपलब्ध गराउने र शान्ति कायम गराउने सम्बन्धमा आवश्यक पहल गर्ने प्रधानमन्त्री मोदीले बताएका छन् ।
भारतीय प्रधानमन्त्री कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा भारत युक्रेनमा मानवीय सहायता सामाग्री निरन्तर उपलब्ध गराउन तयार रहेको उल्लेख छ । गत वर्षको फेब्रुअरीदेखि भारतीय प्रधानमन्त्रीले रुसी र युक्रेनी राष्ट्रपतिसँग निरन्तर टेलिफोन सम्वाद गरिरहेको पनि जनाइएको छ ।
भारतीय प्रधानमन्त्रीले युक्रेनी राष्ट्रपतिसँग त्यहाँ अध्ययनरत भारतीय विद्यार्थीको अवरुद्ध पढाई सुचारु हुने आशा पनि व्यक्त गरेका छन् । गतवर्ष युद्ध चर्केपछि हजारौं भारतीय विद्यार्थी स्वदेश फर्केका थिए ।
टिप्पणीहरू