केरुङ्ग-काठमाण्डौ बाटो बनाउने चिनियाँ टोली आइपुग्यो नेपाल
चीनको केरुङ्गदेखि काठमाडौंसम्म बनाउने भनिएको रेल मार्गको सम्भाव्यता अध्ययन गर्न एउटा टोली नेपाल आएको छ । चीनको सरकारी चाइना रेलवे सर्भे एण्ड डिजाइन ग्रुप कम्पनी लिमिटेडका प्राविधिकहरु काठमाडौं आएर हाटल र्याडिसनमा बसेका छन् ।
उनीहरुले बहुचर्चित काठमाडौं–केरुङ अन्तरदेशीय रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्ने बताइएको छ । नेपालमा नयाँ सरकारले शपथग्रहण गरेको भोलिपल्ट टोली आउनुलाई सुखद संयोगको रुपमा हेरिएको छ ।
टिप्पणीहरू