गृहमन्त्री रवि रातारात खुमलटार र बालकोटमा

गृहमन्त्री रवि रातारात खुमलटार र बालकोटमा

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने हिजो साँझ खुमलटार र बालकोट पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गर्न उनी साँझ साढे ७ बजे त्यहाँ पुगेका हुन् ।

करिब २० मीनेटको कुराकानीपछि खुमलटारबाट बाहिरिएका र सोझै उनी सवार गाडी चक्रपथ हुँदै कोटेश्वरबाट पूर्वतर्फ मोडिएको थियो । बालकोटमा गृहमन्त्री पुग्दा सवा ८ बजेको थियो । त्यहाँ एमाले अध्यक्ष केपी शर्मा ओलीसँग समय मिलाइएको थियो  । 

दुबै भेटवार्तामा लामिछानेको दल राष्ट्रिय स्वतन्त्र पार्टीका दिपक बोहोरा सङ्गै थिए । बालकोटमा अध्यक्ष ओलीसँगै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल पनि छलफलमा रहेको बताइन्छ ।

टिप्पणीहरू