बिदा हुनुभयो पूर्व प्रधानमन्त्री बालुवाटारबाट

बिदा हुनुभयो पूर्व प्रधानमन्त्री बालुवाटारबाट

नेपाली काङ्ग्रेसका सभापति तथा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास बालुवाटारबाट भर्खरै बिदा हुनुभएको छ । बिहान ११:२० बजेको साइतमा उहाँ बालुवाटार छाडी धुम्बाराहीस्थित डेरातिर जानुभएको हो ।

बूढानीलकण्ठको घर रेट्रोफिटिङ्ग गर्न थालिएकोले उहाँले संयुक्त रास्ट्र संघका पूर्व उपमहासचिव डा.कूलचन्द्र गौतमको ठूलो कम्पाउण्डवाला घर ६ महिने भाडामा लिनुभएको छ । हिजो बालुवाटारबाट नेपाल प्रहरीको ट्रकमा ४ पटक सामान ओसारिएको र आज पनि रहलपहल सामान लगिएको निजी सचिव भानु देउवाले बताए ।

 

टिप्पणीहरू