प्रधानमन्त्री निवास नजिकै काँग्रेसको इतरपक्षको बैठक
निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहानदेखि बालुवाटारको सरकारी निवास छाड्नुभएको छ । उहाँ बिहान ११ बजेर २० मीनेट जाँदा त्यहाँबाट धुम्बाराहीस्थित भाडामा लिइएको नयाँ निवासतर्फ जानुभएको हो ।
बूढानीलकण्ठस्थित निवासको पुनर्निमाण भइरहेकाले उहाँ अन्तैको डेरामा जानुभएको हो । देउवाले बालुवाटार छाड्नुअघि प्रधानमन्त्री निवास नजिकै उहाँ विरोधी नेपाली काँग्रेसका नेताहरुको छलफल बसेको हो ।
नेता डा. शेखर कोइरालाको सम्पर्क कार्यालयमा आज बिहान साढे १० बजेदेखि नेपाली काग्रेसका नेता डा.कोइराला, महामन्त्री गगनकुमार थापा, उपसभापति धनराज गुरुङ, जीवन परियार, डा. मिनेन्द्र रिजाल, चन्द्र भण्डारी, सीता प्रसाइलगायत एक दर्जन बढीको उपस्थिति थियो ।
टिप्पणीहरू