माधव भेट्न महेश कोटेश्वरमा

माधव भेट्न महेश कोटेश्वरमा

एमाले नेता तथा पूर्वमन्त्री महेश बस्नेतले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । वाम पार्टीहरुबीच सहकार्यको पहल भैरहेका बेला नेपाल निवास कोटेश्वर पुगेर बस्नेतले अध्यक्ष नेपाललाई भेटेका हुन् । 

नेपाललाई भेट्न बस्नेत दिउँसो साढे १२ बजे कोटेश्वर पुगेका थिए । चुनावको परिणाम सार्वजनिक भएलगत्तै वाम एकताका पक्षमा बोल्दै आएका बस्नेतले यसअघि प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि भेटेका थिए ।  

बस्नेत एक हप्ते दिल्ली भ्रमण सकेर हिजोमात्र नेपाल फर्किएका हुन् ।

टिप्पणीहरू