खुमलटारबाट बाहिरिँदै ओलीले भन्नुभो ‘कुरा मिलिसकेको छैन’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली खुमलटारबाट बाहिरिनुभएको छ ।
तत्कालीन नेकपा विभाजनपछि पहिलो पटक प्रचण्ड निवास पुग्नुभएका ओलीले भेटका क्रममा प्रदेश सरकार, संघ सरकार गठनका विषयमा छलफल भएको जानकारी दिनुभयो । ‘केन्द्र र प्रदेशमा अब कसरी सरकार गठन गर्ने भन्ने विषयमा छलफल भएको छ । यो अझै जारी रहने छ । निचोडमा पुगिएको छैन,’ उहाँले भन्नुभयो ।
यसअघि २०७७ पुस ४ गते प्रतिनिधिसभा विघटनको अघिल्लो दिन ओली अन्तिम पटक खुमलटार जानुभएको थियो ।
टिप्पणीहरू