दुई चिनियाँ कम्पनी कालोसूचीमा
तोकिएको समयमा काम सम्पन्न नगर्ने दुई चिनियाँ कम्पनीसहित २१ निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई सरकारले कालोसूचीमा राखेको छ ।
चिनियाँ कम्पनी सिनोमा हाय साङघाई इन्टरनेशनल ट्रेड कम्पनी लिमिटेड र हेजिङ्ग कम्पनी लिमिटेड कालोसूचीमा परेका हुन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम उनीहरुलाई कालोसूचीमा राखेको हो ।
त्यस्तै, सिल्क मार्के प्रालि, ग्लोबलम्याटिक्स ट्रेडिङ प्रालि, बिध म्यानेजमेन्ट प्रालि लिमिटेड, सिल्क मार्केट प्रालि, सिम्लेश्वर विल्डर्स, एशियन बोरिङ एन्ड सप्लायर्स, दिव्याक्षा कन्स्ट्रक्सन एन्ड सप्लायर्स कालोसूचीमा परेका छन् ।
कालोसूचीमा पर्ने अन्य कम्पनिहरुमा ड्राइगन कन्स्ट्रक्सन प्रालि लिमिटेड, किसन कन्स्ट्रक्सन, जगदम्बा निर्माण सेवा, सइफ मेटल एण्ड कन्स्ट्रक्सन प्रालि, मुक्तिनाथ रुपेश कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालि, कोहिनुर ईम्पोरियम, मुस्कान सप्लायर्स, प्रवेश टे्रडर्स, सच्चिदानन्द सप्लायर्स तथा कन्स्ट्रक्सन कम्पनी प्रालि, ग्लोरिया फार्मास्युटिक्लस प्रालि लिमिटेड, सत्यवती अर्डर एन्ड सप्लायर्स, शर्मिला कन्स्ट्रक्सन सेवा, श्रीराम निर्माण सेवा, एसएसपी कन्स्ट्रक्सन र सूर्योदय कन्स्ट्रक्सन रहेका छन् ।
१ देखि ३ वर्षका लागि कालोसूचीमा परेका निर्माणकर्ताले सो अवधिभित्र कुनै पनि सार्वजनिक निकायको खरिद कारबाहीमा भाग लिन नपाउने कार्यालयले जनाएको छ ।
टिप्पणीहरू