चुनाव नहुँदै समाजवादीमा निर्विरोध

चुनाव नहुँदै समाजवादीमा निर्विरोध

जनता समाजवादी पार्टी नेपालले संसदीय दलको नेता सर्वसम्मत चयन गरेको छ । आज हुने भनिएको निर्वाचन अगावै दलका नेतामा सांसद रामसहाय प्रसाद यादव चुनिएका हुन् ।

सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा साढे १२ बजे बसेको बैैठकले उक्त निर्णय गरेको हो । वरिष्ठ अधिवक्ता तथा निर्वाचन समिति संयोजक मिथिलेशकुमार सिंहले दलको नेतामा रामसहाय प्रसाद निर्विरोध चुनिएको जानकारी गराएका हुन् ।

यादव बारा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् ।

टिप्पणीहरू