पूर्व राजदम्पती भरतपुरको सोल्टी क्राउनमा
चितवन भ्रमणमा जानुभएका पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल शाह भरतपुर पुग्नुभएको छ । उहाँहरु बाराको सिमराबाट साढे १२ बजे भरतपुर पुग्नुभएको हो । लसिमराबाट आफैँ गाडी हाँकेर पूर्वराजा भरतपुर जानुभएको बताइएको छ । उहाँहरु बा.२१ च ७३१८ नम्बरको गाडीमा चितवन पुग्नुभएको हो ।
पूर्वराजदम्पती स्थानीय होटल सोल्टी क्राउनमा बस्नुभएको छ । उहाँहरु पुस ८ र ९ गते जनकपुर भ्रमणमा हुनुहुन्थ्यो । त्यसपछि १० गते आइतबारदेखि सिमरास्थित प्रभु निवासमा बस्नुभएको हो ।
टिप्पणीहरू