प्रदेश १ मा आफूले सरकार बनाउन पाउनुपर्ने माओवादीको माग
नेकपा माओवादी केन्द्र, प्रदेश नम्बर १ समितिले प्रदेश सरकारको नेतृत्व आफूले पाउनुपर्ने माग राखेको छ । समिति अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो) ले प्रदेश सरकारको नेतृत्व माओवादीले पाउनुपर्ने दाबी गरेका हुन् ।
नयाँ गठबन्धनसँगै प्रदेश १ को नेतृत्व माओवादीले पाउनुपर्ने मागदाबीसहित पार्टीका शीर्ष नेतृत्व र सत्ता साझेदार दलहरुसँग छलफल अघि बढाउने आज जारी वक्तव्यमा उल्लेख छ । उनले भनेका छन्, ‘प्रदेश सरकारको नेतृत्व हाम्रो पार्टीले पाउनुपर्ने मागदाबीसहित पार्टीको शीर्ष नेतृत्व र सत्ता साझेदार दलहरुसँग छलफललाई अगाडि बढाउने निर्णय गरियो ।’
समितिले प्रदेश सरकार गठन र अन्य सहकार्यका लागि पार्टीको तर्फबाट तीन सदस्यीय वार्ता टोलीसमेत गठन गरेको छ । टोलीमा माओवादी प्रदेश १ का संयोजक राम कार्की, सदस्य ईन्द्रबहादुर आङ्वो र हर्कबहादुर नेम्वाङ छन् ।
टिप्पणीहरू