बहादुरले इन्द्रबहादुरलाई उछिने
नेपाली काँग्रेस बागमती प्रदेशको संसदीय दलको नेतामा बहादुरसिंह लामा चुनिएका छन् । हेटौँडामा आज भएको निर्वाचनमा इन्द्रबहादुर बानियाँले भन्दा पाँच मत बढी ल्याएपछि लामा संसदीय दलको नेता छानिएका हुन् ।
कूल ३७ मतमध्ये बानियाँको पक्षमा १६ र लामाको पक्षमा २१ मत खसेको हो । नेपाली काँग्रेसको बागमती प्रदेश सभापति समेत रहेका र २०७४ सालको निर्वाचनमा वामगठबन्धनलाई हराउँदै प्रदेश सांसद निर्वाचित भएपछि बानियाँ संसदीय दलको नेता एवम् प्रमुख विपक्षी दलका नेता बनेका थिए ।
यसपटक पनि संसदीय दलको नेता बनेर लोकतान्त्रिक वाम गठबन्धनको तर्फबाट मुख्यमन्त्री बन्ने तयारीका साथ बानियाँ प्रदेश र समग्र क्षेत्रको निर्वाचनमा होमिएका थिए । तर निर्वाचनअघिको गठबन्धन आइतबार भत्किएसँगै आफ्नै पार्टीको संसदीय तलमा उनी एकाएक अल्पमतमा परेका हुन् ।
टिप्पणीहरू