गृहमन्त्री लामिछाने परराष्ट्र अन्तर्गतको राहदानी विभागमा
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राहदानी विभागको अनुगमन गरेका छन् । आज अपरान्ह त्रिपुरेश्वरस्थित विभागमा पुगेर उनले त्यहाँको कामकारवाहीबारे जानकारी लिएका हुन् ।
राहदानी बनाउने सेवाग्राही रातिदेखि नै लाइनमा लाग्नुपर्ने बाध्यता रहेको भन्दै सरकारको आलोचना भइरहेका बेला लामिछाने विभागको अनुगमनमा पुगेका हुन् ।
उनी सन्चारकर्मी हुँदासमेत राहदानी बनाउने कार्यमा सेवाग्राहीले पाएको सास्तीबारे आवाज उठाउने गरेका थिए । तर,त्यतिबेलै गृहमन्त्री लामिछाने स्वयं अमेरिकी पासपोर्ट र दोहोरो नागरिकता लिएको विषयले विवादमा परे । त्यसपछि अमेरिकी पासपोर्ट त्यागेका उनले नेपाली नागरिकता प्राप्तिका लागि प्रक्रिया पूरा नगरेको भन्दै त्यसविरुध्द अदालतमा मुध्दा परेको र २२ गते सुनुवाइ तोकिएको छ ।
मुध्दा विचाराधीन रहेकै अवस्थामा उनी मन्त्री नियुक्त भएका हुन् ।
टिप्पणीहरू