एमालेमा महासचिवको राजीनामा माग
वाम सहकार्यको विपक्षमा मत राखेको भन्दै नेकपा एमालेका एक नेताले महासचिव शंकर पोखरेलको राजीनामा मागेको चर्चाले एमाले बृत्त गर्माएको छ । तत्कालीन नेकपा विभाजनदेखि नै वामपन्थी एकताका पक्षमा बोल्दै आएका नेताहरुको अनौपचारिक कुराकानीमा ती नेताले महासचिवको भूमिकाको आलोचना गर्दै पद छोड्नुपर्ने आवाज उठाएको बताइन्छ ।
अध्यक्ष केपी ओलीका विश्वासपात्र मानिने पूर्वमन्त्री समेत रहेका ती नेताले माओवादीका लो प्रोफाइल उम्मेदवारसंग चुनाव हारेकाले पनि पोखरेलले राजीनामा दिनुपर्ने तर्क गरेको एक साँसदले बताए ।
महासचिव पोखरेलले एमालेले माओवादीसँग सहकार्य गर्न नहुने मत राख्दै आएका थिए । तर,माओवादी नेता रेखा शर्मासँग चुनाव हारेका उनको चाहाना विपरित एमाले-माओवादी सहकार्य शुरु भएको छ ।
टिप्पणीहरू