यसरी सुचारु भयो चीनसँगको व्यापार नाका
हिजोदेखि नेपालले चीनतर्फ स्थलमार्गबाट सामान निर्यात गर्न थालेको छ । चीनले केरुङ नाका हुँदै नेपालबाट पुनः सामान निर्यात हुन थालेको अवसरमा औपचारिक कार्यक्रम नै गरेको थियो ।
नेपाली र चिनियाँ भाषामा लेखिएको ‘केरुङ नाकाको दुईतर्फी व्यापार पुनः सञ्चालन’ ब्यानर झुण्ड्याउँदै चिनियाँ अधिकारीहरुले सम्बोधनसमेत गरेका थिए । त्यसपछि नेपालबाट विभिन्न सामान बोकेका छ वटा ट्रक र कन्टेनर चीनतर्फ गए ।
हिजो पहिलो दिन रसुवागढी नाकाबाट चीनतर्फ ५० लाख ७० हजार रुपैयाँ बराबरका बाँसका मुढा, हस्तकलाका सामान र काठ निर्यात भएको जनाइएको छ । यता काठमाडौंस्थित चिनियाँ दूतावासले पनि हिजोदेखि औपचारिक रुपमा चीनतर्फ सामान निर्यात हुन थालेको र यो क्रम आगामी दिनमा झन् बढ्ने जनाएको छ ।
टिप्पणीहरू