बहादुरसिंहले जितेपछि इन्द्रबहादुर शीताङ्ग

बहादुरसिंहले जितेपछि इन्द्रबहादुर शीताङ्ग

नेपाली काङ्ग्रेस बागमती प्रदेश सभा सँसदीय दलको निर्वाचनमा प्रदेश सभापति इन्द्रबहादुर बानियाँ पराजित भएका छन् ।

केन्द्रीय सदस्य बहादुरसिंह लामाले बानियाँलाई हराएका हुन् । आजको पराजयसँगै बानियाँको प्रदेश सभामा रहेको राजनीतिक विरासतमाथि नै प्रश्न चिन्ह लागेको छ । पार्टीभित्र पटक पटक अन्तरघातको आरोप लागेका उनलाई केही प्रदेश सांसदले मतदान गरेनन् ।

आजको निर्वाचन आचारसंहिता उल्लंघन गर्दै हेटौंडामा बानियाँले हिजो रात्रिभोजको आयोजना गरेका थिए । उक्त कार्यको पार्टीभित्र चर्को बिरोध भएको थियो । बानियाँले आफूलाई आवश्यकताअनुसार संस्थापन र इतर पक्षको रुपमा प्रस्तुत गरेपछि आज लज्जास्पद हार व्यहोर्नुपरेको बताइन्छ ।

पार्टी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना र मकवानपुरका प्रभावशाली नेता आनन्दराम पराजुलीलाई निर्वाचनमा हराउन संगठित भएर लागेको आरोप उनलाई अहिले निकै महँगो साबित भएको काँग्रेसीहरुको विश्लेषण छ । संस्थापन समूहको तर्फबाट संसदीय दलको नेतामा उठेको बताउँदै आएका बानियाँ जगदीशनरसिंह केसीको शरणमा पुगेपछि कित्ताकाट भएको अड्कल लगाइएको छ ।

काँग्रेस बागमती प्रदेश सभा सदस्यमध्ये वरियताको चौथो स्थानमा रहेका बानियाँ संसदीय दलको नेता चुनिएपछि प्रथम स्थानमा उक्लने योजना आजको मतदानसङ्गै राप्ती नदीमा बगे सरह भएको छ । ३७ जना प्रदेश सांसद रहेको बागमतीमा बहादुरसिंह लामाले २१ मत प्राप्त गरेका छन् । इन्द्रबहादुरले उनको भन्दा ५ मत कम अर्थात् १६ मत पाएका छन् ।

 

टिप्पणीहरू