सत्ता र शक्तिको खेल,बधाई दिनेको ठेलम ठेल
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर बधाइ दिनेको भीड खुमलटार र सिंहदरबारमा उत्तिकै देखिएको छ । बिहान र बेलुकीको समयमा देखिएको खुमलटारको भीडझैँ दिउँसो सिंहदरबारमा पनि ताँती देख्न पाइन्छ ।
यसक्रममा हिजो दिउँसो प्रचण्डलाई भेट्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा स्वतन्त्र सांसद प्रभु साह पुग्नुभएको थियो । उहाँले दिउँसो साढे ३ बजेको समयमा प्रधानमन्त्रीसँग भेटघाट गर्नुभयो ।
प्रभु साह निस्केपछि प्रधानमन्त्रीलाई भेट्न एमाले नेता महेश बस्नेत ४ बजे सिंहदरबार पुग्नुभयो । सोही समयमा नेकपा माओवादीका प्रमुख सचेतक हितराज पाण्डे पनि पुगेपछि उहाँहरुबीच सामूहिक भेटघाट भएको थियो । उता खुमल्टारमा भेटेर मुख देखाउनेको लाइन रिङ्गरोडसम्म लागेपछि प्रधानमन्त्री हिजै रातारात बालुवाटार सर्नुभएको छ । सत्ता र शक्तिप्रतिको आशक्तिले कोभिड संक्रमणको डरलाई समेत सोत्तर पारेको टिप्पणी हुन थालेको छ ।
टिप्पणीहरू