राजा भेटेपछि राप्रपाको पहिलो बैठक

राजा भेटेपछि राप्रपाको पहिलो बैठक

हिन्दू राज्य र राजतन्त्रको वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बसेको छ । केन्द्रीय कार्यालयमा दिउँसो बसेको बैठक साढे तीन घण्टा लम्बिएको बताइन्छ ।

अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको बैठकमा पूर्वअध्यक्ष पशुपति समशेर राणा,उपाध्यक्ष बुद्धिमान तामाङ, हेमजङ गुरुङ,ध्रुवबहादुर प्रधान,विक्रम पाण्डे, वरिष्ठ नेता रविन्द्र मिश्र, ठाकुरमोहन श्रेष्ठ, केन्द्रीय सदस्य दिपक बोहरा,महामन्त्री भुवन पाठकलगायत झण्डै दुई दर्जनको उपस्थिति थियो । 

अध्यक्ष लिङ्देन पूर्व राजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गर्न हिजो सिमरा गएका थिए । बिहान १० बजे उता गएका लिङदेन शाहसँग चार घण्टा कुराकानी गरेपछि साँझ ४ बजे राजधानी फर्किए । शाह भने आज चितवन पुग्नुभएको छ ।

टिप्पणीहरू