माधव नेपालको भेट पहिले पार्टी नेतासँग, पछि रामचन्द्र पौडेलसङ्ग

माधव नेपालको भेट पहिले पार्टी नेतासँग, पछि रामचन्द्र पौडेलसङ्ग

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आज पार्टी नेताहरुसँग घनिभूत छलफल गर्नुभएको छ । उहाँले पार्टी केन्द्रीय कार्यालयमा नेताहरुसँग झण्डै दुई घण्टा कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्ड,उपेन्द्र यादव,नारायणकाजी श्रेष्ठ,बिष्णु पौडेल,महेश बस्नेतसङ्ग भएका छलफलवारे बृफिङ्ग गर्नुभएको थियो ।

अध्यक्ष नेपालसँगको छलफलमा महासचिव बेदुराम भुसाल, उपमहासचिव गंगालाल तुलाधर,सोमप्रसाद पाण्डेलगायत नेताहरु हुनुहुन्थ्यो । यसअघि आज बिहान अध्यक्ष नेपालले प्रधानमन्त्रीलगायत माओवादी पार्टीका नेताहरुसँग लामो कुराकानी गर्नुभएको थियो ।

हिजो साँझ उहाँले एमाले उपाध्यक्ष विष्णु पौडेलसँग नेता पाण्डेको निवासमा छलफल गर्नुभयो  ।

आजै अध्यक्ष नेपालसँग पार्टी कार्यालयमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भेटवार्ता गर्नुभएको छ । उहाँहरुबीच अपरान्ह ४ बजेपछि कुराकानी भएको अध्यक्ष नेपालका सहयोगी नितेश उपाध्यायले बताउनुभयो  ।

टिप्पणीहरू