बहुमतका युवा-विद्यार्थीलाई विशेष प्रशिक्षण

बहुमतका युवा-विद्यार्थीलाई विशेष प्रशिक्षण

नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट छुट्टिएर गठन भएको नेकपा (बहुमत)निकट युवा-विद्यार्थी विशेष केन्द्रीय प्रशिक्षण कार्यक्रम आजदेखि काठमाडौँमा शुरु भएको छ ।

पार्टीको केन्द्रीय स्कुलिङ तथा अनुसन्धान विभागको आयोजनामा आज र भोलि गरी दुई दिनसम्म चल्ने प्रशिक्षणको सो पार्टीका नेता हेमन्त प्रकाश वली सुदर्शनले आज विहान उद्धघाटन गरेका हुन् । 

त्रिभुवन विश्वविद्यालयको सिनास हलमा जारी प्रशिक्षणमा नेकपा (बहुमत) संवद्ध युवा, विद्यार्थीहरुको सहभागिता रहेको छ ।

टिप्पणीहरू