प्रधानमन्त्री र महेश बस्नेतबीच तारन्तार भेट

प्रधानमन्त्री र महेश बस्नेतबीच तारन्तार भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले नेता महेश बस्नेतबीच हिजो चार घण्टाको बीचमा दुई पटक भेट भएको छ । दिउँसो ४ बजेको हाराहारीमा सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा भएको भेटपछि बस्नेत प्रधानमन्त्रीलाई भेट्न बालुवाटार जानुभएको हो ।

दिउँसो बस्नेतसँगै माओवादी प्रमुख सचेतक हितराज पाण्डेले पनि भेट गरेपछि छुट्टै भेटवार्ता गर्न बस्नेत साँझ बालुवाटार जानुभएको बताइन्छ । प्रधानमन्त्री हिजै साँझ ६ बजेर २० मीनेटको साइतमा खुमलटारबाट बालुवाटार सर्नुभएको थियो ।

बालुवाटार सरेलगत्तै एमाले नेता बस्नेत भेटघाटको निम्ति त्यहाँ पुग्नुभएको हो ।

टिप्पणीहरू