धापाखेलमा दुई भट्टबीच भलाकुसारी
ललितपुरमा एमाले र माओवादीका दुई जना नेताबीच आकस्मिक जम्काभेट भएको छ । धापाखेलस्थित भट्ट निवासमा नेकपा माओवादी केन्द्रका नेता खगराज भट्ट र नेकपा एमाले सचिव लेखराज भट्टबीच कुराकानी भएको हो ।
उहाँहरुले हिजो बिहान एक घण्टा कुराकानी गर्नुभएको थियो । खगराज भट्ट सुदूर पश्चिम प्रदेशमा आगामी कार्यकालको निम्ति मुख्यमन्त्री बन्न इच्छुक हुनुहुन्छ । उहाँले आफ्नो चाहनालाई अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राखिसक्नुभएको छ ।
सुदूरपश्चिममा रेशम चौधरीको पार्टी राष्ट्रिय उन्मुक्ति सरकार गठनमा निर्णायक भूमिकामा देखिन्छ । त्यहाँ उक्त पार्टीको ७ सीट छ भने माओवादीको ११ र एमालेको १० जना प्रदेश सभा सदस्य छन् । माधव नेपाल नेतृत्वको पार्टीको पनि ४ सीट छ ।
टिप्पणीहरू