राजा वीरेन्द्रको निम्ति राजदरबारको दक्षिण गेटमा दिउँसै बत्ती बालिने

राजा वीरेन्द्रको निम्ति राजदरबारको दक्षिण गेटमा दिउँसै बत्ती बालिने

आज दिउँसो नारायणहिटी दरबार संग्रहालयको दक्षिणी गेटमा दीप प्रज्वलन गरिने भएको छ । शाही युवा शक्ति नेपालले दिउँसो ३ बजे दीप प्रज्वलनको कार्यक्रम राखेको छ । दिवंगत राजा वीरेन्द्र शाहको ७८ औं जन्मजयन्तीका अवसरमा उक्त कार्यक्रम राखिएको बताइएको छ । आयोजक संस्थाले ‘राजा र जनताको एकता,आजको आवश्यकता’ शीर्षकमा उक्त कार्यक्रम गर्न लागेको हो ।

आजै जावलाखेलस्थित वीरेन्द्रको शालिकमा श्रध्दाञ्जली र माल्यार्पणको कार्यक्रम राखिएको छ । योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषद र छाडा बाच्छाबाच्छी संरक्षण सेवाश्रमले बिहान साढे ११ बजे जावलाखेलमा माल्यार्पणको कार्यक्रम राखेको बताइएको छ ।

स्वर्गीय राजा वीरेन्द्रको जन्म २००२ पुस १४ गते नारायणहिटी दरबारमा भएको थियो । २०५८ जेठ १९ गते राति सोही दरबार हत्याकाण्डमा राजालगायत रानी,युवराज, अधिराजकुमार, युवराज्ञी गरी शाही नातेदार १० जनाको निधन भएको थियो ।

टिप्पणीहरू