सिन्धुलीबाटै प्रधानमन्त्रीको प्रस्ताव हरिबोलद्वारा अस्वीकृत

सिन्धुलीबाटै प्रधानमन्त्रीको प्रस्ताव हरिबोलद्वारा अस्वीकृत

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सहयोगी टीममा बसेर सघाउन राख्नुभएको प्रस्ताव हाल सिन्धुलीमा रहनुभएका नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले अस्वीकार गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले प्रमुख राजनीतिक सल्लाहकार बन्न राख्नुभएको प्रस्ताव गजुरेलले अस्वीकार गर्नुभएको बताइएको छ ।

जवाफमा गजुरेलले आफू अझै सक्रिय राजनीतिमा रहन र पार्टीको जिम्मेवारी वहन गर्न इच्छुक रहेकोे  बताउनुभएको छ । 

गजुरेलको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘मैले सक्रिय राजनीतिबाट विश्राम लिने सोच बनाएको छैन । त्यसैले पार्टीको कुनै कार्यकारी पदमा गएर काम गर्ने इच्छा छ । राज्यको आलंकारिक पद अरुलाई नै दिँदा राम्रो होला ।’

टिप्पणीहरू