प्रचण्ड सरकारको कार्यक्रम बनाउने जिम्मा केपी ओलीलाई

प्रचण्ड सरकारको कार्यक्रम बनाउने जिम्मा केपी ओलीलाई

सत्तारुढ दलहरुले सरकारको साझा न्यूनतम कार्यक्रम बनाउन एमाले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा समिति गठन गरेका छन् । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भर्खरै सम्पन्न बैठकले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा बनाउने जिम्मा एमाले अध्यक्ष ओलीलाई दिएको हो । समितिमा सत्तारुढ दलका एक-एक जना प्रतिनिधि रहनेछन् । बैठकले साझा कार्यक्रम पाँच दिनभित्र बनाउने निर्णय पनि गरेको छ । 

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,एमाले अध्यक्ष ओली,राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहभागी थिए ।

टिप्पणीहरू