उन्मुक्ति र कांग्रेसका माननीयले आफ्नै भाषामा शपथ खाने
सुदूरपश्चिम प्रदेशका नवनिर्वाचित सांसदमध्ये आधा दर्जनले आफ्नो मातृभाषामा शपथ ग्रहण गर्ने भएका छन् । नागरिक उन्मुक्ति पार्टीबाट प्रत्यक्षतर्फ निर्वाचित ५ र नेपाली कांग्रेसका एक समानुपातिक सांसदले थारु भाषामा शपथ लिन लागेका हुन् ।
सुदूरका सांसदहरुको भोलि शपथ हुँदैछ। त्यसका लागि प्रदेशसभा सचिवालयले सजावट, रंगरोगन, सचिवालय व्यवस्थापनलगायत सम्पूर्ण तयारी पूरा गरिसकेको छ । सचिवालयका सूचना अधिकारी नरेन्द्रबहादुर पालले शपथ ग्रहणका लागि सबै व्यवस्थापकीय तयारी पूरा भएको बताउँदै भोलि निर्धारित समयमा शपथ ग्रहण हुने जानकारी दिए ।
भोलि दिउँसो १ बजे प्रदेश प्रमुख देवराज जोशीले ज्येष्ठ सदस्य मानबहादुर रावललाई शपथ ग्रहण गराएपश्चात् रावलले बाँकी ५२ जना सदस्यलाई शपथ खुवाउने छन् ।
टिप्पणीहरू