कैफियतमा रहेका चार सय नर्स एकैचोटी बढुवा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवामा कार्यरत नर्सिङ कर्मचारीको स्तरवृद्धि गरेको छ । मन्त्रालयले एकैपटक देशैभरिका स्वास्थ्य सेवामा कार्यरत चार सय ५ जना स्वास्थ्यकर्मीको बढुवा गरेको हो ।
‘२०७९ साल असार महिनामा दर्ता भई कैफियतमा रहेका अनमी सहायक चौथोबाट सिअनमी सहायक पाँचौ तहमा स्तरवृद्धि गरिएको छ,’ सूचनामा भनिएको छ ।
टिप्पणीहरू