प्रधानमन्त्रीसँग भेट गर्न समाजवादी नेता बालुवाटारमा
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल समाजवादी पार्टीको संसदीय दलका नेता महेन्द्र राय यादवले भेट गर्नुभएको छ । उहाँहरुबीच आज दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कुराकानी भएको हो ।
नेता यादव प्रधानमन्त्रीसँग कुराकानी गर्न दिउँसो १ बजेको समयमा त्यहाँ पुग्नुभएको बताइन्छ । यसअघि पनि उक्त पार्टीका तर्फबाट पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र यादवले प्रधानमन्त्री दाहालसँग खुमलटार र सिंहदरबारमा दिनहुँजसो भेट गर्नुहुन्थ्यो ।
टिप्पणीहरू