नयाँ गृहमन्त्रीलाई पुल्चोकमा सैनिक सलामी

नयाँ गृहमन्त्रीलाई पुल्चोकमा सैनिक  सलामी

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने आजदेखि मन्त्री क्वार्टर सरेका छन् । उनलाई क्वार्टर प्रवेशको क्रममा नेपाली सैनिकको टोलीले सम्मान गारत (सलामी) दिएको छ ।

आकाशे रंगको दौरा सुरुवाल र कालो टोपीमा उभिएर गृहमन्त्रीले सलामी लिएका हुन् । मन्त्री लामिछानेसहित पाँच जना उपप्रधान तथा मन्त्रीहरुले क्वार्टरमा आफू बस्ने भवन रोजिसकेका छन्  ।

टिप्पणीहरू