विमलेन्द्र समूहका रामसरोजलाई हराउँदै संस्थापनका कृष्ण नेता निर्वाचित

विमलेन्द्र समूहका रामसरोजलाई हराउँदै संस्थापनका कृष्ण नेता निर्वाचित

नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलको नेतामा कृष्णदेव यादव निर्वाचित भएका छन् । दलको नेता छान्न आज भएको निर्वाचनमा भारी मतले उनी विजयी भएका हुन् ।

मधेस प्रदेशमा कांग्रेसका २२ सांसद छन् । कृष्णले १८ र रामसरोजले चार मत पाए । कांग्रेस मधेस प्रदेशको सभापतिसमेत कृष्णदेव संस्थापन पक्षका नेता हुन् । धनुषाका रामसरोज विमलेन्द्र निधि निकट मानिन्छन् ।

दलको नेता निर्वाचित भएपछि मधेस प्रदेशमा सरकार बनाउन अन्य दलसँग छलफल गर्ने यादवले बताएका छन् । मधेस प्रदेशमा कुनै दलको स्पष्ट बहुमत छैन । त्यहाँ काङ्ग्रेस दोस्रो ठूलो दल हो।

टिप्पणीहरू