प्रभुको पार्टी घोषणा, आफैँ अध्यक्ष
एमालेको टिकट त्यागेर स्वतन्त्र उम्मेदवार भई चुनाव जितेका प्रभु साहले नयाँ पार्टी गठन गरेका छन् । उनले आज आफ्नै अध्यक्षतामा ‘आम जनता पार्टी’ घोषणा गरेका हुन् ।
काठमाडौंमा आयोजित पार्टी घोषणा कार्यक्रममा प्रभुको नेतृत्वमा १५१ सदस्यीय केन्द्रीय कमिटी सार्वजनिक गरिएको छ ।
रौतहटका प्रभु माओवादी पृष्ठभूमिका नेता हुन् । तत्कालीन नेकपा खारेजसँगै एमाले र माओवादी आ-आफ्नो अस्तित्वमा फर्किंदा एमालेमै बसेका थिए । उनले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेका छन् ।
टिप्पणीहरू