उद्योगीको समस्या समाधान हुने वाचापछि अर्थमा ब्यापारीका ताँती

उद्योगीको समस्या समाधान हुने वाचापछि अर्थमा ब्यापारीका ताँती

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आज दिउँसो  अर्थमन्त्री पौडेल र अध्यक्ष मल्लको टोलीबीच छलफल झण्डै २० मीनेट चलेको थियो । 

उक्त टोली बाहिरिने बित्तिकै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको टोली मन्त्रालय छिर्यो । अर्थमन्त्री पौडेलसंग भेटघाट गर्न महासंघका अध्यक्ष खेमलाल भण्डारीसहित एक दर्जनको टोली मन्त्रालय गएको हो । तीन बजेट ३५ मीनेटमा छिरेको टोली १५ मीनेटमा आफ्नो कुरा राखेर फर्किएको बताइन्छ । 

अर्थमन्त्री पौडेलले उद्योगीहरुको माग चाँडो सम्बोधन गर्ने आश्वासन दिएपछि मन्त्रालयमा भेटघाट बाक्लिएको छ । आफ्नो समस्या लिएर विभिन्न व्यवसायीहरु निरन्तर मन्त्रालय धाइरहेका छन् । 

ब्याजदर घटाउन र व्यापार व्यवसाय गर्ने वातावरण सिर्जना गर्न माग गर्दै बधाइ दिने नाममा उद्योगीका टोलीहरुले प्रधानमन्त्री र अर्थमन्त्रीसंग लगातार भेट गरिरहेका छन् ।
 

टिप्पणीहरू