यौटा साहले हो भन्ने,अर्को साहले हैन भन्ने
रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित स्वतन्त्र सांसद प्रभु साहले हिजो आम जनता पार्टी घोषणा गरेका छन् । आफ्नै नेतृत्वमा ५१ सदस्यीय तदर्थ केन्द्रीय समितिको घोषणा गरे पनि उनले प्रदेश अध्यक्ष, इञ्चार्ज र विभागीय प्रमुख तथा इञ्चार्ज घोषणा गरेका छैनन् ।
तर आफूलाई कुनै जानकारी नगराई आम जनता पार्टीमा नाम राखिएकोमा रौतहटबाट विजयी अर्का स्वतन्त्र सांसद किरण साहले आपत्ति जनाएका छन् । उनलाई संसदीय समितिको प्रमुख बनाइएको उल्लेख छ ।
टिप्पणीहरू