हिजो बिहान अरुलाई राखेर,आज एक्लाएक्लै

हिजो बिहान अरुलाई राखेर,आज एक्लाएक्लै

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली बीच भेट जारी छ । अध्यक्ष ओली प्रधानमन्त्रीसँग कुराकानी गर्न एक घण्टाअघि बालुवाटार पुग्नुभएको छ । 

उहाँहरुबीच १० बजेदेखि छलफल शुरु भएको बताइएको छ । हिजो बिहान बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसेको थियो । 

हिजोको बैठकमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष दाहाल,एमाले अध्यक्ष ओली,राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने,राप्रपा अध्यक्ष राजेन्द्र लिंगदेनलगायतको उपस्थिति थियो । आज भने दुई जनाबीच मात्रै कुराकानी भएको हो ।

टिप्पणीहरू