दुबै पार्टीका उपमहासचिवको अडान : कसैसँग पार्टी एकीकरण गरिँदैन
नेकपा एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले आफ्नो पार्टी अरु कुनै राजनीतिक दलसँग एकीकरण गर्न तयार नभएको उल्लेख गर्नुभएको छ । उहाँले विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा एकीकृत समाजवादी पार्टी एमालेसँग एकीकृत हुन लागेको आशयका समाचार प्रकाशित भएपछि उक्त धारणा सार्वजनिक गर्नुभएको हो ।
खतिवडाले पनि सामाजिक सञ्जाल मार्फत् आफ्नो पार्टी कुनै पार्टीसँग एकीकरण गर्नेगरी अगाडि नबढेको जानकारी दिनुभएको हो ।
उता एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पनि एकीकृत समाजवादीलाई पूरानै घरमा फर्काउन पहल गरिरहेको हल्ला चलिरहेका बेला उक्त समाचारको खण्डन गर्नुभएको छ ।
उहाँले अहिले भएको आन्तरिक छलफल सरकारको समर्थनको दायरा विस्तार गर्नमा सीमित रहेको उल्लेख गर्नुभएको हो । ‘त्यसभन्दा बाहिर चलेका चर्चा अनुमान, अतिरञ्जना र हल्ला मात्र हुन्,’ ज्ञवालीको फेसबुकमा लेखिएको छ ।
टिप्पणीहरू