देउवाको निर्णय खारेज, विदेशबाट मोबाइल ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णय रोक्न प्रचण्डको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली नागरिकले विदेशबाट एक थानभन्दा बढी मोबाइल ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णय कार्यान्वयन नगर्न निर्देशन दिनुभएको छ ।
तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले गत पुस १५ गतेदेखि विदेशबाट नेपालीले एक थानभन्दा बढी मोबाइल ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णय गरेको थियो । उक्त निर्णयको सर्वत्र विरोध भइरहेका बेला प्रधानमन्त्री प्रचण्डले अर्थमन्त्री विष्णु पौडेललाई उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन दिनुभएको हो ।
विदेशबाट फर्किंदा एक थानभन्दा बढी मोबाइल ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णयले वैदेशिक रोजगारीमा गएका नेपालीलाई आहत र केही व्यापारी घरानालाई फाइदा दिएको भन्दै सरकारको चर्काे आलोचना भइरहेको थियो ।
प्रधानमन्त्री प्रचण्डको निर्देशनसँगै तत्काललाई यो निर्णय कार्यान्वयन रोकिएको छ ।
टिप्पणीहरू