ल्होछारको बिदामा राजनीतिक भेटघाट तीव्र
आज सरकारले तमु ल्होछार पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ । बिदालाई सदुपयोग गर्दै राजनीतिक दलका नेताहरु भेटघाटमा व्यस्त देखिन्छन् ।
सोही क्रममा पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग नेता घनश्याम भुसालले भेटवार्ता गर्नुभएको छ । अध्यक्ष नेपालसँग भेट गर्न भुसाल मध्यान्ह उहाँको कोटेश्वरस्थित निवास जानुभएको हो । दुई नेताबीच करिब आधा घण्टा कुराकानी भएको छ ।
उता प्रधानमन्त्री निवास बालुवाटारमा एमाले नेता पुग्नुभएको छ । एमाले सचिव तथा पूर्व भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको हो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उहाँहरुबीच मध्यान्हको समयमा झण्डै आधा घण्टा कुराकानी भएको स्रोतको दाबी छ ।
टिप्पणीहरू