छोरा उपेन्द्र यादवसहित समाजवादी अध्यक्षको दिल्ली उडान

छोरा उपेन्द्र यादवसहित समाजवादी अध्यक्षको दिल्ली उडान

पूर्व कृषिमन्त्री  तथा नेकपा समाजवादी पार्टी (नेसपा) का अध्यक्ष महेन्द्र राय यादव भारतको राजधानी नयाँ दिल्ली जानुभएको छ । नेपाल एअरलाइन्सको आरए २१७ उडानबाट केही बेरअघि उहाँ सपरिवार दिल्ली उड्नु भएको हो । यादवको साथमा श्रीमती ममता र छोरा उपेन्द्रराय छन् । 

माओवादी केन्द्रको चुनाव चिन्ह लिएर सर्लाहीबाट सांसद जित्नुभएका अध्यक्ष यादव प्रचण्ड नेतृत्वको सरकारमा नेसपाबाट एकमात्र मन्त्रीको दावेदार हुनुहुन्छ । डा. बाबुराम भट्टराई नेतृत्वको नेसपा माओवादीसँग एकताको तयारीमा छ ।

टिप्पणीहरू