दक्षिणको बुझ्दाबुझ्दै उत्तरबाट पनि आयो प्रधानमन्त्रीलाई पत्र

दक्षिणको बुझ्दाबुझ्दै उत्तरबाट पनि आयो प्रधानमन्त्रीलाई पत्र

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चिनियाँ समकक्षी लि खछ्याङले बधाई सन्देश पठाएका छन् । चिनियाँ राज्य परिषदका अध्यक्ष (प्रधानमन्त्री) खछ्याङले नेपालस्थित आफ्नो दूतावासमार्फत औपचारिक बधाई पत्र पठाएका हुन् । 

नेपालका लागि चिनियाँ कार्यवाहक राजदूत वाङ सिनले आज प्रधानमन्त्री प्रचण्डलाई शिष्टाचार भेट गर्दै उक्त पत्र हस्तान्तरण गरे । भेटका क्रममा द्विपक्षीय हित र चासोका विषयमा कुराकानी हुनुका साथै आपसी सम्बन्धका विषयमा विचार आदानप्रदान भएको बताइएको छ ।

यसअघि आजै भारतीय राजदूत नविन श्रीवास्तवले प्रधानमन्त्री प्रचण्डलाई भेटेर आफ्ना प्रधानमन्त्री नरेन्द्र मोदीको बधाई पत्र हस्तान्तरण गरेका थिए ।

टिप्पणीहरू