माधवको निर्णय आज,कमल थापाले माघ ९ गतेसम्म हेरिरहने

माधवको निर्णय आज,कमल थापाले माघ ९ गतेसम्म हेरिरहने

नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी बैठक बोलाएको छ । बैठक बिहान ११ बजे पार्टी कार्यालय,आलोकनगरमा राखिएको छ । स्थायी समिति बैठकमा मुलुकभित्र उत्पन्न पछिल्लो राजनीतिक घटनाक्रम र आगामी रणनीतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी गत आमनिर्वाचनको पनि समीक्षा गरिने एक जना सदस्यले जानकारी दिए ।

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले भने केन्द्रीय समितिको बैठक आगामी माघ ९ र १० गते बोलाएको छ । प्रवक्ता सुरेश आचार्यका अनुसार बैठकमा आमनिर्वाचनको समीक्षा, समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यदिशाबारे छलफल हुनेछ ।

टिप्पणीहरू