आफ्नो बैंक खातामा सुको नभएको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ

आफ्नो बैंक खातामा सुको नभएको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ

उपप्रधान एवम भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो बैंक खातामा कुनै रकम नभएको बताउनुभएको छ । राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँले आफूसँग कुनै सेयर, जग्गाजमिन वा घर नभएको र बैंक खातामा समेत रकम नभएको मेयरसिंह जौवारी प्रतिष्ठानले आयोजना गरेको ‘बधाई तथा शुभकामना’ कार्यक्रममा धारणा राख्नुभएको हो । उहाँले भन्नुभयो, ‘म शक्ति र पैसाका लागि नभई देशसेवा गर्न पदमा आएको हुँ । त्यसैले मसँग अथाह सम्पत्ति र रकम नहुनु कुनै अचम्म भएन ।’

उहाँले आफूसँग राजकीय र पार्टी पदबाहेक अरु कुनै सम्पत्ति नभएको प्रष्ट पार्नुभयो । ‘कुनै चलअचल सम्पत्ति तथा एक कित्ता सेयर पनि छैन । राष्ट्रियसभा सदस्य भएकाले उसैले खोलिदिएकोबाहेक अरू कुनै बैंक खाता छैन ।’

टिप्पणीहरू