डडेल्धुराका भट्ट माओवादी संसदीय दलको नेता

डडेल्धुराका भट्ट माओवादी संसदीय दलको नेता

नेकपा माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भट्ट सर्वसम्मत चयन भएका छन् ।

आज बिहान बसेको सांसदहरुसहित प्रदेश कमिटी बैठकले भट्टलाई सर्वसम्मत नेता छानेको हो । हिजोको बैठकमा सहमति नभएपछि आज बिहानैदेखि बसेको बैठकले माओवादीको नेतृत्वमा सरकार बनाउन पहल गर्ने जिम्मा पनि नवनियुक्त दलका नेता भट्टलाई दिएको छ ।

 
माओवादी स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्जसमेत रहेका भट्ट तत्कालीन पाँच दलीय गठबन्धनका तर्फबाट डडेल्धुराबाट प्रदेशसभामा निर्वाचित भएका थिए । त्यतिबेला चुनावी अभियानका क्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले उनलाई भावी मुख्यमन्त्रीका रुपमा प्रस्तुत गरेका थिए ।

टिप्पणीहरू